काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनालले नेपालको मुस्ताङमा भएको युरेनियम खानी उत्खनन गर्न अमेरिकी सेनासँग सम्झौता भएको भन्ने चर्चामा स्पष्ट पारेका छन् ।
आजको राष्ट्रिय सभाको बैठकमा सांसद भुवनबहादुर सुनारले नेपाली सेना र अमेरिकी सेनाबीच युरेनियम उत्खननका लागि सहमति भएको भन्ने विषयमा प्रश्न उठाएका थिए ।
प्रश्नको जवाफ दिँदै परराष्ट्र खनालले उक्त हल्ला निराधार रहेको स्पष्ट पारेका हुन् ।
‘मुस्ताङ जिल्लामा युरेनियम धातुको उत्खनन् गर्न नेपाली सेना र अमेरिकी सेनाबीच सम्झौता भएको भन्ने सार्वजनिक चर्चाको विषयमा कुनै सत्यता नभएको जानकारी गराउन चाहान्छुु, खनालले भने, ‘यो क्षेत्रमा खानी उत्खनन् सम्बन्धी कसैसँग कुनै प्रकारको सहमति र सम्झौता भएको छैन। यससम्बन्धमा केही डिजिटल मिडियामा गरिएका आधारहिन दाबी नेपाल सरकारको सम्बन्धित निकायले खण्डन गरेको छ।’








प्रतिक्रिया