२२ असार २०८३, सोमबार

नायिका उषा रजकमाथि गृहमन्त्रीका नजिकको व्यक्तिद्वारा ‘ह्यारेसमेन्ट’

672
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नायिका उषा रजकले गृहमन्त्री सुधन गुरुङसँग निकट सम्बन्ध रहेको दाबी गरिएका एक व्यक्तिबाट आफू मानसिक रूपमा हैरानीमा परेको आरोप लगाएकी छन्।

सामाजिक सञ्जालमार्फत भिडियो र मेसेन्जर च्याटका स्क्रिनसट सार्वजनिक गर्दै रजकले सञ्जोक कार्की नामका व्यक्तिले मध्यरातमा पटक–पटक फोन गरेर आफूलाई तनाव दिएको बताएकी हुन्। उनले सञ्जोक, गृहमन्त्रीका स्वकीय सचिव जेम्स कार्कीका भाइ भएको दाबी पनि गरेकी छन्।

यस घटनाबारे साइबर ब्युरोमा उजुरी गर्न खोज्दा समेत सहयोग नपाएको भन्दै उनले असन्तुष्टि व्यक्त गरेकी छन्। आफूले सामान्य रूपमा सम्झाइदिन आग्रह गर्दा पनि प्रहरीले उजुरी प्रक्रिया अघि नबढाएको उनको भनाइ छ।

रजकले शक्ति र पहुँचको दुरुपयोग स्वीकार्य नहुने उल्लेख गर्दै जिम्मेवार पदमा रहेका व्यक्तिसँग जोडिएका मानिसहरूले पनि मर्यादित व्यवहार गर्नुपर्ने धारणा राखेकी छन्।