२४ असार २०८३, बुधबार

जननेता मदन भण्डारीको ७५ औं जन्मजयन्ती आज, ओली–प्रचण्डसहितका नेताहरुले एकै मञ्चबाट सम्बोधन गर्दै

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । तत्कालीन नेकपा (एमाले)का महासचिव मदन भण्डारीको आज ७५ औं जन्मजयन्ती देशभर विविध कार्यक्रम गरी मनाइँदैछ ।

मदन भण्डारी फाउण्डेसनले जननेता भण्डारीको ७५ औं जन्मजयन्तीका अवसरमा आज काठमाडौंको राष्ट्रिय सभागृहमा विशेष कार्यक्रम आयोजना गर्दैछ ।

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको प्रमुख आतिथ्यतामा हुने कार्यक्रम दिउँसो १ः३० बजेबाट सुरु हुनेछ ।

कार्यक्रममा नेकपा (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल, पूर्वप्रधानमन्त्री झलनाथ खनाल र जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव लगायतका नेताहरू सम्बोधन गर्नेछन् ।

फाउण्डेसनले जन्मजयन्तीको अवसरमा ‘नेपालको कम्युनिष्ट आन्दोलन र जननेता मदन भण्डारी’ विषयक विचार गोष्ठी तथा ‘मदन भण्डारी राष्ट्रिय पुरस्कार हस्तान्तरण समारोह’ आयोजना गरेको हो ।

‘जनताको बहुदलीय जनवाद’ (जबज)को सिद्धान्त प्रतिपादन गरेका जननेता भण्डारीको जन्म २००९ साल असार १४ गते ताप्लेजुङको ढुंगेसाँघुमा भएको थियो ।

तत्कालीन एमालेका महासचिव भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको २०५० जेठ ३ गते दासढुंगामा भएको जिप दुर्घटनामा निधन भएको थियो ।