काठमाडौं । प्युठानको स्वर्गद्वारी नगरपालिकाका उपप्रमुख मिनराज रानामगरको सडक दुर्घटनामा मृत्यु भएको छ ।
जिल्ला प्रहरी कार्यालय प्युठानका अनुसार रानामगर आफैंले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी शनिबार साँझ स्वर्गद्वारी–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको थियो । गाडी सडकदेखि तीन सय मिटर तल भीरमा अड्किएको अवस्थामा फेला परेको थियो । गाडीमा उनी एक्लै सवार थिए ।









प्रतिक्रिया