१७ असार २०८३, बुधबार

प्युठानको स्वर्गद्धारीका उपप्रमुखले चलाएको गाडी दुर्घटना

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्युठानको स्वर्गद्धारी नगरपालिका उपप्रमुख मिनराज रानामगर आफैंले चलाएको गाडी दुर्घटनामा परेको छ ।

रानामगरले चलाएको लु.प्र.०१–००१ झ ०००८ नम्बरको गाडी शनिबार साँझ स्वर्गद्वारी–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

गाडी दुर्घटनापछि भीरमा अड्किएको जिल्ला प्रहरी कार्यालय प्युठानका प्रहरी निरीक्षक गणेश ज्ञवालीले जानकारी दिए । उनका अनुसार उपप्रमुख रानाको अवस्था गम्भीर रहेको जानकारी आएको छ । प्रहरी घटनास्थल पुग्दैछ ।