हेटौंडा । पूर्वपश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटौंडा–९ पशुपतिनगरमा ट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ ।
शनिबार दिउँसो हेटौंडाबाट रातोमाटेतर्फ जाँदै गरेको डब्लूबी १४ डब्लू ८५२५ नम्बरको भारतीय मोटरसाइकललाई सोही दिशातर्फ (नारायणगढबाट वीरगञ्ज) जाँदै गरेको लु १ ख ८११६ नम्बरको खाली ट्रकले ठक्कर दिँदा मोटरसाइकल चालक भारतको पूर्वी बंगाल बस्ने २७ वर्षीय सुमन मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।
ट्रकको ठक्करबाट गम्भीर घाइते भएका मण्डलको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
ट्रक र ट्रक चालक दाङको बंगलाचुली गाउँपालिका ६ बस्ने ३९ वर्षीय पूर्णबहादुर बस्नेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया