जनकपुर । धनुषामा पेस्तोलसहित दुई जना पक्राउ परेका छन् ।
जिल्लाको जनकपुरधाम उपमहानगरपालिका–९ थापा चोकस्थित एक होटलबाट शनिबार (आज) पेस्तोल, इगल र्याप्टर लेखिएको काठको बडिसमेत जडान भएको पेस्तोलसहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा धनुषाको मुखियापट्टी मुसहरनिया गाउँपालिका–४ का २० वर्षीय अमन यादव र हंसपुर नगरपालिका–६ का १८ वर्षीय सुधिर मुखिया रहेका छन् । उनीहरुको साथबाट पेस्तोसहित एक थान ९ एमएमको गोली, ६.६५ एमएमको गोली एक थान र म्यागजिन समेत बरामद गरिएको मधेश प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ ।
पक्राउ परेका दुवै जनालाई हिरातमा लिएर अनुसन्धान सुरु गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।








प्रतिक्रिया