३२ असार २०८३, बिहिबार

कांग्रेस नेता अभिषेक गिरी पक्राउ

406
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेस मोरङका नेता अभिषेक गिरी पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार गिरीलाई शनिबार बिहान विराटनगर–१० स्थित घरबाटै पक्राउ गरिएको हो ।

गिरीको घरमा अवैध हतियार लुकाएर राखिएको भन्ने विशेष सूचनाका आधारमा प्रहरीले गिरीको घरमा खानतलासी गर्न गएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी महेन्द्रकुमार मिश्रले जानकारी दिए ।

गिरी यसअघि अपहरण मुद्दामा कैद भुक्तान गरी निस्किएर कांग्रेसको राजनीतिमा सक्रिय बनेका थिए ।