१२ असार २०८३, शुक्रबार

स्याङ्जामा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, १८ घाइते

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

स्याङ्जा । स्याङ्जामा जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।

वालिङ नगरपालिका–७ लभ्लीडाँडास्थित मिर्दी–चापाकोट सडकखण्डमा वालिङ आउँदै गरेको बीएए ७९०५ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको हो भने अन्य १८ जना घाइते भएका हुन् ।

मृत्यु हुनेमा वालिङ नगरपालिका–७ का २५ वर्षीय राजेन्द्र बिरकट्टा रहेका छन् । दुर्घटनामा वालिङ–७ की ४६ वर्षीया रूपकला सारू, रुपन्देहीको गैडहवा–४ की ५५ वर्षीया सुमित्रा गुरुङ र नवलपरासी (पूर्व) कावासोती नगरपालिका–५ की ४१ वर्षीया मायादेवी सुनारी गम्भीर घाइते भएका छन् ।

यस्तै, मायादेवी सुनारीकी १२ वर्षीया छोरी कर्मिसा सुनारी, वालिङ–७ की जैकला सारू, पोखरा महानगरपालिका–९ की रुक्सना थापा, देवदह नगरपालिका–५ की कमला थापा, बिरुवा गाउँपालिका–६ का टोपबहादुर थापा, वालिङ–७ की गौमाया सारू, बेलबहादुर आले, कुमार सारू र ज्ञानुमाया सारू घाइते भएका छन् । सामान्य घाइते भएको जिप चालक २८ वर्षीय चालक मिनबहादुर सारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।