२४ असार २०८३, बुधबार

महामन्त्रीबाट राजु पाण्डे पनि भए ब्याक

490
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को महामन्त्रीमा उम्मेदवारी दिएका राजुनाथ पाण्डेले पनि उम्मेदवारी फिर्ता लिएका छन् ।

उनले अन्तिम समयमा उम्मेदवारी फिर्ता लिएका हुन् । सुरूमा १२ जनाले उम्मेदवारी दिएकामा अब पाँच जना मात्रै चुनावी मैदानमा छन् ।

कबिन्द्र बुर्लाकोटी र जगदीश खरेलले यसअघि नै उम्मेदवारी फिर्ता लिइसकेका छन् भने चारजनाले विपिन आचार्यलाई समर्थन गर्ने घोषणा गरेका छन् ।

अब मनिष झा, गणेश कार्की, सागर ढकाल, रञ्जु दर्शना र विपिन आचार्य मात्रै चुनावी मैदानमा छन् ।