काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रथम राष्ट्रिय महाधिवेशनअन्तर्गत दोस्रो चरणको पदाधिकारी निर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ ।
रास्वपाको केन्द्रीय निर्वाचन आयोगले पदाधिकारी पदहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको हो ।
सार्वजनिक सूचीअनुसार उपसभापति, महामन्त्री र सहमहामन्त्रीका विभिन्न क्लस्टरहरूमा उम्मेदवारी परेको छ ।
पदाधिकारीमा उपसभापतिमा स्वर्णिम वाग्ले निर्विरोध निर्वाचन भएकाले अब उपसभापति महिला, महामन्त्री र एक महिलासहित ३ सहमहामन्त्रीको निर्वाचन हुनेछ ।
महिला उपसभापतिमा सोविता गौतम र तोसिमा कार्कीले उम्मेदवारी दिएकी छन् ।
त्यस्तै, महामन्त्रीमा कविन्द्र बुर्लाकोटी, प्रमोद न्यौपाने, राजुनाथ पाण्डे, मनिष झा, जगदीश खरेल, रन्जु दर्शना, गणेश कार्की, गणेश पराजुली, सागर ढकाल र विपिनकुमार आचार्यले उम्मेदवारी दिएका छन् ।
त्यस्तै, सहमहामन्त्रीमा खुलातर्फ रमेश प्रसाईं, यज्ञमणि न्यौपाने, सुलभ खरेल, असिम शाह, अशोककुमार चौधरी, मिलन लिम्बु, पुकार बम, राजिव खत्री, विजय जैरू, हरि ढकाल र हिमेश पन्तले उम्मेदवारी दिएका छन् । सहमहामन्त्री महिलामा जुली यादव, जमुना शर्मा, कामिनीकुमारी चौधरी, निशा डाँगी र रिमा विश्वकर्माको उम्मेदवारी छ ।









प्रतिक्रिया