२३ असार २०८३, मंगलबार

माधव नेपालविरुद्धको भ्रष्टाचार मुद्दामा तत्कालीन मन्त्रीहरूलाई बकपत्रका लागि बोलाइयो

560
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विशेष अदालतले पतञ्जली योगपीठको जग्गा सट्टापट्टा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध दायर भ्रष्टाचार मुद्दाको सुनुवाइका क्रममा तत्कालीन आठ जना मन्त्री तथा दुई जना अन्य व्यक्तिलाई बकपत्रका लागि उपस्थित गराउन आदेश दिएको छ।

अदालतले अनुसन्धानका क्रममा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बयान दिएका तत्कालीन मन्त्री डा। मीनेन्द्र रिजाल, मृगेन्द्रसिंह यादव, रकम चेम्जोङ, उमाकान्त चौधरी, महेन्द्रप्रसाद यादवसहित अन्य व्यक्तिलाई साक्षीका रूपमा बोलाउने निर्णय गरेको हो।

अख्तियारले पतञ्जलीलाई हदबन्दीभन्दा बढी जग्गा खरिद–बिक्रीको अनुमति दिने निर्णयमा अनियमितता भएको दाबी गर्दै माधव नेपालसहित ९३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। उक्त मुद्दामा १८ करोड ५८ लाख रुपैयाँभन्दा बढी बिगो, जरिबाना र सजायको माग गरिएको छ।