१९ असार २०८३, शुक्रबार

सरकारको आश्वासनपछि इलामका बन्द चिया उद्योग पुनः सञ्चालनमा

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

इलाम । भारतीय बजारमा नेपाली चिया निर्यातमा देखिएको अवरोधका कारण बन्द भएका इलामको सूर्योदय नगरपालिकाका चिया उद्योगहरू पुनः सञ्चालनमा आएका छन्।

उद्योगीहरूले संघीय सरकार, स्थानीय तह तथा सम्बन्धित निकायबाट समस्या समाधानका लागि आवश्यक पहल हुने आश्वासन पाएपछि उद्योग खोल्ने निर्णय गरेका हुन्। यससँगै हरियो चियापत्ती खरिद र प्रशोधनको काम पनि पुनः सुरु भएको छ।

चिया उद्योगीहरूको संगठनले निर्यात समस्याको दीर्घकालीन समाधान खोज्न सरकारले उच्चस्तरीय कार्यदल गठन गरेको र स्थानीय तहले पनि आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाएको जनाएको छ।

आगामी दिनमा गुणस्तरीय तथा विषादीरहित अर्थोडक्स चियाको उत्पादन बढाउँदै नयाँ अन्तर्राष्ट्रिय बजार विस्तारमा समेत जोड दिइने उद्योगीहरूको भनाइ छ।