काठमाडौं । सर्वोच्च अदालतको संवैधानिक इजलासले प्रधानन्यायाधीश डा. मनोजकुमार शर्माको नियुक्तिविरुद्ध दायर गर्न खोजिएको रिट दर्ता नगर्ने निर्णयलाई सदर गरेको छ।
रिट दर्ता गर्न अस्वीकार गर्दै गरिएको दरपीठ आदेशविरुद्ध परेको निवेदनमाथि सुनुवाइ गर्दै संवैधानिक इजलासले उक्त आदेशलाई यथावत् राख्ने फैसला गरेको हो।
यससँगै प्रधानन्यायाधीश नियुक्तिसम्बन्धी रिट सर्वोच्च अदालतमा दर्ता हुने बाटो बन्द भएको छ।








प्रतिक्रिया