काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले कोशी प्रदेशसभा सदस्य निर्मला लिम्बुविरुद्ध पदमुक्तिको प्रक्रिया अघि बढाउने तयारी गरेको छ। सर्वोच्च अदालतले उपेन्द्र यादव नेतृत्वको जसपा नेपाललाई आधिकारिकता दिएपछि पार्टीले आवश्यक कानुनी प्रक्रिया सुरु गर्ने संकेत दिएको हो।
पार्टीका अनुसार विभाजनका बेला अशोक राई नेतृत्वको समूहमा लागेका जनप्रतिनिधिलाई पहिले स्पष्टीकरण सोधिनेछ। चित्तबुझ्दो जवाफ नआए अनुशासन समितिको सिफारिसका आधारमा निर्वाचन आयोगमा पद खारेजीका लागि पत्राचार गरिने तयारी छ।
निर्मला लिम्बुले पार्टी विभाजनपछि अशोक राई नेतृत्वको दलको पक्षमा सनाखत गरेकी थिइन्। जसपा नेपालका नेताहरूले सर्वोच्चको फैसलापछि उनले नैतिकताका आधारमा पदबाट राजीनामा दिनुपर्ने धारणा राखेका छन्। यद्यपि, लिम्बुले भने आफू कानुनी उपचारका लागि अदालत जाने तयारीमा रहेको बताएकी छन्।







प्रतिक्रिया