११ असार २०८३, बिहिबार

इरानले हिजबुल्लाहलाई रोक्नुपर्छ, नत्र फेरि आक्रमण गर्नेछौँ : ट्रम्प

182
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई लेबनानमा इरान समर्थक समूह हिज्बुल्लाहको गतिविधि रोक्न चेतावनी दिएका छन् ।

सामाजिक सञ्जालमा लेख्दै ट्रम्पले यदि इरानले हिज्बुल्लाहलाई नरोके अमेरिकाले इरानमाथि फेरि ठूलो आक्रमण गर्ने चेतावनी दिएका हुन् ।

यसैबीच, स्विट्जरल्याण्डमा अमेरिका र इरानबीच वार्ता भइरहेको छ ।

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुका अनुसार, अमेरिकी उपराष्ट्रपति जेडी भान्सले वार्तामा प्रगति भइरहेको बताए । उनले अमेरिका र इरान शान्ति र समृद्धिका लागि मिलेर काम गर्नसक्ने बताए ।

उपराष्ट्रपति भान्सका अनुसार राष्ट्रपति ट्रम्प दुई देशबीचको सम्बन्धमा नयाँ अध्याय सुरु गर्न र आगामी १० वर्षमा मध्यपूर्वको परिदृश्य परिवर्तन गर्न चाहन्छन् ।