काठमाडौं । श्रम संस्कृति पार्टीको विरोधपछि प्रतिनिधिसभाको बैठक स्थगित भएको छ ।
बुधबार प्रतिनिधि सभाको बैठकमा श्रम संस्कृति पार्टीका अध्यक्ष एवं सांसद हर्क साम्पाङले मन्त्रीलाई प्रश्न सोध्न माग गरेका थिए। सभामुख डोलप्रसाद अर्यालले प्रस्टीकरणमाथि प्रस्टीकरण सोध्न पाउने व्यवस्था नरहेको उल्लेख गर्दै बस्न आग्रह गरेका थिए।
सांसद साम्पाङले नमानेपछि सभामुख अर्यालले बस्त आदेश दिएका थिए। सभामुखको आदेश मान्दै त्यतिबेला बसे पनि पछि भने श्रम संस्कृति पार्टीका सबै सांसदले उभिएर विरोध जनाएका थिए।
सभामुखले बैठक जारी राखेपछि उनीहरूले वेल घेराउ गरे । वेल घेराउ भइरहेकै बेला सभामुख बैठक जारी राखेका थिए। तर, श्रम संस्कृति पार्टीका सांसदले वेल घेराउसँगै नाराबाजी पनि गर्न थालेपछि सभामुख अर्यालले १५ मिनेटका लागि प्रतिनिधि सभाको बैठक स्थगित गरेका हुन्।








प्रतिक्रिया