२८ असार २०८३, आइतबार

देउवा दम्पत्ति साउन अन्तिम साता नेपाल फर्किने

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली काँग्रेसका पूर्वसभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको दम्पत्ति साउन २८ गतेभित्र नेपाल फर्किने भएका छन् ।

देउवा दम्पत्तिले साउन २८ गते नेपाल फर्किने भन्दै सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पत्र पठाएका हुन् । विभागलाई इमेलमार्फत पत्राचार गर्दै देउवा र उनकी पत्नी आरजु राणाले साउन २८ गतेभित्र फर्किने जानकारी गराएका हुन् ।

उनीहरुले पत्रमा २ महिनाभित्र नेपाल फर्किएर अनुसन्धानमा सहयोग गर्न तयार रहेको उल्लेख गरेका छन् ।

यस्तै पत्रमा स्वास्थ्य उपचारका क्रममा बाहिर रहेको भन्दै आफूहरूलाई देश छाडेर भागेको,अनुसन्धानमा उपस्थित नभएको” भन्ने जस्ता भाष्य सिर्जना गरी पक्राउ पुर्जी जारी गर्ने तथा नेपाल प्रवेश गर्न कठिनाइ हुने अवस्था नबनाइयोस् भन्ने अनुरोध समेत गरेका छन् ।

सम्पत्ति शुद्वीकरण मुद्दामा देउवा दम्पत्तिविरूद्व पक्राउ पुर्जी जारी भएको छ । जेनजी आन्दोलन लगत्तै सिंगापुर गएका उनीहरू नेपाल फर्किएका छैनन् ।