१६ असार २०८३, मंगलबार

सेफ सन्तोष साह रिहा

294
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सेफ सन्तोष साह रिहा भएका छन् । चेक अनादारको आरोपमा पक्राउ परेका साह पीडित पक्षलाई चेकबमोजिमको रकम दिएपछि सोमबार बेलुका रिहा भएका हुन् ।

उनले पीडित पक्षलाई चार लाख बुझाइएको बताइएको छ । काठमाडौँको गैरीधारामा रेस्टुरेन्ट किन्दा उनले शकुन्तला अधिकारी थापालाई रकम नभएको बैंक खाताको चेक दिएको आरोप थियो। सोही आरोपमा थापाले २५ लाख रुपैयाँको चेक अनादर मुद्दा दायर गरेकी थिइन्।

जुन मुद्दामा अदालतले साहलाई दोषी ठहर गर्दै २५ लाख रुपैयाँ बिगो भराउने फैसला गत वर्ष जेठमै गरिसकेको छ। उनलाई जिल्ला अदालत काठमाडौँले १ महिना कैद र १ लाख २५ हजार रुपैयाँ जरिवाना पनि सुनाएको छ। तर अदालतले फैसला सुनाउँदा साह भने उपस्थित भएका थिएनन्।

पीडितले अहिले पुन: ४ लाख ५० हजार रुपैयाँ ठगी गरेको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्। त्यस आधारमा साहलाई काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गत शुक्रबार राति जनकपुरबाट पक्राउ गरी काठमाडौँ ल्याएको थियो।