५ असार २०८३, शुक्रबार

संविधान संशोधनको गृहकार्य अघि बढाउँदै एमाले, खरेल नेतृत्वमा उपसमिति गठन

518
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेकपा (एमाले) ले संविधान संशोधनसम्बन्धी सुझाव सङ्कलन र अध्ययनलाई व्यवस्थित बनाउन अग्निप्रसाद खरेलको संयोजकत्वमा उपसमिति गठन गरेको छ।

उपाध्यक्ष विष्णुप्रसाद पौडेल नेतृत्वको संविधान संशोधन सुझाव कार्यदलको पहिलो बैठकले संविधान कार्यान्वयनका अनुभव, देखिएका चुनौती र सुधारका सम्भावित क्षेत्रबारे अध्ययन गरी कार्ययोजना तयार पार्ने जिम्मेवारी उपसमितिलाई दिएको हो।

एमालेले संविधान संशोधनका विषयमा अन्य राजनीतिक दलसँग समेत छलफल र समन्वय गर्दै सङ्घीय लोकतान्त्रिक गणतन्त्र तथा वर्तमान शासन प्रणालीलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित आवश्यक सुझाव संकलन गर्ने जनाएको छ।