८ असार २०८३, सोमबार

कांग्रेस आज टुक्रिसक्यो : शशांक कोइराला

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

विराटनगर । नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा। शशांक कोइरालाले पार्टी टुक्रिइसकेको बताएका छन् ।

आइतबारमोरङको विराटनगरमा संस्थापनइतर समूहको भेलामा उनले पार्टी फुटिसकेको र अब पार्टी एकता गर्नुपर्ने बताएका हुन् । काँग्रेसलाई अदालतले टुक्रा बनाएको उनको भनाइ थियो ।

“आज कोइराला निवास गएँ, आँखाबाट आँसु आयो । तर, कांग्रेस आज टुक्रिएको छ, टुक्राइएको हो । अदालतले टुक्रा बनायो, यो गलत थियो,” उनले भने, “अब पार्टी एकता गरेर अघि बढ्नुपर्छ । गाउँभरि कांग्रेस छन्, तर भोट गएन ।”

पार्टीलाई एक बनाउने लक्ष्य हुनुपर्ने र डा. शेखर कोइरालाले त्यसको नेतृत्व गरिरहेका उनले बताए ।