काठमाडौं । मध्यपूर्व वार्ताको मध्यस्थता गरिरहेको पाकिस्तानका प्रधानमन्त्री शाहबाज शरीफले अमेरिका र इरानबीचको शान्ति सम्झौताको अन्तिम मस्यौदा तयार भइसकेको बताएका छन् । उनका अनुसार अब अर्को चरणमा काम भइरहेको छ ।
सामाजिक सञ्जाल (एक्स)मा लेख्दै शाहबाजले दुई देश सम्झौताका सर्तहरूमा सहमत भएको उल्लेख गरे । उनका अनुसार शान्ति सम्झौता अहिलेजस्तो कहिल्यै यति नजिक भएको थिएन अर्थात शान्ति सम्झौता अब पहिलेभन्दा नजिक छ ।
‘शान्ति सम्झौतालाई तोडफोड गर्न चाहनेहरूले निरन्तर गलत सूचना फैलाउने अभियान चलाइरहेका छन् भन्ने कुरामा हामी पूर्ण रूपमा सचेत छौँ ।’ शाहबाजले भने, ‘हल्लालाई एकातिर राख्दै, हामी पुष्टि गर्न सक्छौँ कि शान्ति सम्झौताको अन्तिम सहमति भएको पाठमा पुगेको छ र पाकिस्तान अब अर्को चरणहरू अन्तिम रूप दिन दुवै पक्षसँग नजिकबाट काम गरिरहेको छ ।’
यसअघि इरानी विदेशमन्त्री अब्बास अराघचीले पनि शान्ति सम्झौताको धेरै नजिक पुगेको बताएका थिए ।








प्रतिक्रिया