४ असार २०८३, बिहिबार

इरानले भन्यो– अमेरिकासँग सम्झौताको धेरै नजिक छौँ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । मध्यपूर्वमा इरान र अमेरिका–इजरायलबीच जारी तनाव अब शान्तिको नजिक पुगेको छ ।

इरान र अमेरिकाबीचको युद्ध अन्त्य गर्ने उद्देश्यले हुन लागेको सम्झौता अन्तिम चरणमा पुगेको बताइएको छ ।

यसैबीच, इरानी विदेशमन्त्री अब्बास अराघचीले सम्झौताका सर्तहरूमा अनुमान नलगाउन मिडियालाई आग्रह गरेका छन् ।

अराघचीले सामाजिक सञ्जाल ट्वीटर (एक्स)मा लेख्दै प्रस्तावित समझदारी पत्र अहिलेसम्मको सबैभन्दा नजिकको चरणमा पुगेको बताए । उनका अनुसार सम्झौता अन्तिम नभएसम्म मिडियाले यसका सर्तहरूमा अनुमान लगाउनु हुँदैन ।

अराघचीले आफ्नो सरकारले पारदर्शिता र जवाफदेहिताको नीति पालना गर्ने र सम्झौताको सबै विवरण उपयुक्त समयमा सार्वजनिक गरिने पनि बताए ।

यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि आफ्नो सामाजिक सञ्जालमा अराघचीको पोस्ट साझा गरेका छन् ।

हालैका पछिल्लो घटनाक्रमले अमेरिका, इरान र इजरायलबीचको सैन्य तनावले मध्यपूर्वमा फेरि युद्ध हुने संकेट देखिएको थियो ।