१६ असार २०८३, मंगलबार

इप्पानको निर्वाचनमा ज्योति गैह्रेको उम्मेदवारी, सात बुँदे एजेन्डा सार्वजनिक

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) को निर्वाचन–२०८३ अन्तर्गत सदस्य (महिलातर्फ) पदका लागि ज्योति गैह्रेले उम्मेदवारी घोषणा गर्दै आफ्नो सात बुँदे एजेन्डा सार्वजनिक गरेकी छिन् ।

गैह्रेले ऊर्जा क्षेत्रको दिगो विकास, लगानी प्रवर्द्धन तथा सदस्यहरूको हित संरक्षणलाई प्राथमिकतामा राख्दै उम्मेदवारी दिएको बताएकी छिन्।

नीति तथा नियममा सुधार, लगानी प्रवर्द्धन, वित्तीय पहुँच विस्तार, समावेशी सहभागिता र सहकार्य, ऊर्जा व्यापार तथा बजार विस्तार, दिगो विकास र वातावरण संरक्षण, सदस्य हित संरक्षण तथा सदस्यहरूको क्षमता अभिवृद्धिलाई आफ्नो मुख्य एजेन्डा बनाएको उनको भनाइ छ ।

उनले ऊर्जा क्षेत्रका चुनौतीहरूको समाधान, निजी क्षेत्रको भूमिका सुदृढीकरण तथा इप्पानका सदस्यहरूको साझा हितका लागि प्रभावकारी पहल गर्ने प्रतिबद्धता व्यक्त गरेकी पनि गरेकी छिन् ।

उनी निर्वाचनमा क्रम संख्या १ मा प्रतिस्पर्धामा रहेकी छिन्।