१९ असार २०८३, शुक्रबार

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाली बजारमा आज (शुक्रबार) सुनचाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य ५ हजार ३०० रुपैयाँले बढेर २ लाख ९२ हजार रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार सुनको मूल्य २ लाख ८६ हजार ७०० रुपैयाँ कायम भएको थियो ।

सुनसँगै चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य प्रतितोला ४ हजार ८४० रुपैयाँमा कारोबार भएको छ । बिहीबार चाँदीको मूल्य ४ हजार ६५० रुपैयाँ कायम भएको थियो ।