काठमाडौं । प्रतिनिधि सभा बैठक आज (शुक्रबार) पनि बस्दैछ । बिहान ११ बजेबाट बस्ने बैठकमा अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘विनियोजन विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री खडक राज पौडेलले राष्ट्रिय सभामा उत्पत्ति भएको ‘अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८३ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
युवा, श्रम तथा रोजगारमन्त्रीको समेत कार्यभार सम्हालेका उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरी कुमारीले ‘अन्तर्राष्ट्रिय श्रम संगठनको श्रम निरीक्षणसम्बन्धी महासन्धी, १९४७ नं. ८१’ पेस गर्ने, ‘अन्तर्राष्ट्रिय श्रम संगठनको बाध्यकारी श्रम महासन्धी, १९३० सम्बन्धी सन् २०१४ को प्रोटोकल नं. २९’ पेस गर्ने कार्यसूची रहेको छ ।









प्रतिक्रिया