१० असार २०८३, बुधबार

इप्पान कार्यसमिति सदस्यमा जगत पोखरेलको उम्मेदवारी

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) को आगामी निर्वाचनका लागि ऊर्जा क्षेत्रका व्यवसायी जगतबहादुर पोखरेलले कार्यसमिति सदस्य पदमा उम्मेदवारी घोषणा गरेका छन्।

‘अनुभव, दूरदृष्टि र विकास : सबल भोलिका लागि’ भन्ने नारासहित उम्मेदवारी दिएका पोखरेलले ऊर्जा क्षेत्रको दिगो विकास, सुशासन, पारदर्शिता र समावेशी वृद्धिका लागि आफू प्रतिबद्ध रहेको बताएका छन्।

पोखरेल हाल भिजन लुम्बिनी लिमिटेड, बज्रा इनर्जी भेन्चर्स प्रालि, श्रेष्ठ इनर्जी सोलुसन प्रा.लि, भिजन नेपाल लिमिटेड, नमो बुद्ध हाइड्रोपावर प्रालि तथा खप्तड पावर प्रालिका अध्यक्ष रहेका छन्। साथै, भिजन लुम्बिनी ऊर्जा कम्पनी लिमिटेडका प्रबन्ध निर्देशक तथा नेपाल लघुवित्त बैंकर्स संघ (एमएफएएन) का पूर्वअध्यक्षसमेत हुन्।

ऊर्जा क्षेत्रको लामो अनुभव, नेतृत्व क्षमता र संस्थागत विकासप्रतिको प्रतिबद्धताका आधारमा आफूले इप्पानलाई थप प्रभावकारी र सशक्त बनाउन योगदान पुर्‍याउने पोखरेलको भनाइ छ।

उनले सम्पूर्ण सदस्यहरूलाई आफ्नो पक्षमा मतदान गर्न आग्रह गर्दै ऊर्जा क्षेत्रको समृद्ध भविष्य निर्माणका लागि सहकार्य आवश्यक रहेको बताएका छन्।

“तपाईंको मत, हाम्रो भविष्य” भन्ने सन्देशसहित पोखरेलले इप्पान निर्वाचनमा समर्थनको अपिल गरेका छन्।