११ असार २०८३, बिहिबार

मकवानपुरमा पिकअप गाडी दुर्घटना हुँदा २ जनाको मृत्यु

266
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

हेटौंडा । मकवानपुरको भीमफेदी गाउँपालिका–८ बैदमारस्थित भित्री सडकखण्डमा भएको पिकअप गाडी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ ।

गएराति माण्डु हाइड्रोपावरबाट ईपा जाँदै गरेको बा.प्र.०१–०३३ च २१४४ नम्बरको योद्धा पिकअप गाडी अनियन्त्रित भई सडकबाट अन्दाजी १०० फिट तल खोलामा खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा चालक सिन्धुली कमलामाई नगरपालिका–९ भिमानका आन्दाजी ४२ वर्षीय बोधराज बुढाथोकी (नेपाली सेनाका पूर्वहवल्दार) र गाडीमा सवार फास्ट ट्र्याकमा कार्यरत बारा पचरौता नगरपालिका–७ का २१ वर्षीय इञ्जिनियर सूर्य यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुलाई उपचारका लागि हेटौंडा अस्पताल ल्याउँदा चिकित्सकले आज बिहान मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

मृतकको शव अहिले हेटौंडा अस्पतालमै राखिएको छ ।