२१ असार २०८३, आइतबार

रास्वपा बागमती अघिवेशनमा लफडा : कार्यकर्ताले नाराबाजी गरेपछि रोकियो मतदान

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बागमती प्रदेशको हेटौंडामा जारी प्रथम अधिवेशनअन्तर्गत निर्वाचन प्रक्रियाअन्तर्गत गएराति सुरु भएको मतदान केही समयमै विवाद चर्किएपछि रोकिएको छ ।

मतदाता नामावली र उम्मेदवारको विवरणसम्बन्धी विषयमा लफडा भएपछि अबेर राति सुरु भएको मतदान रोकिएको हो । पाँच जना प्रतिनिधिले मतदान गरेका थिए ।

आक्रोशित कार्यकर्ता तथा प्रतिनिधिहरूले निर्वाचन प्रक्रियाप्रति असन्तुष्टि जनाउँदै मतदान तत्काल रोक्न माग गर्दै नाराबाजी गरेका थिए ।

आज बिहानसम्म पनि निर्वाचन प्रक्रिया पुनः सुरु हुन सकेको छैन ।

निर्वाचन समितिले १३ वटै जिल्लाका सभापतिहरुसँग छलफल गरेर मतदान प्रक्रिया अघि बढाउने तयारी गरेको बुझिएको छ ।

रास्वपाको बागमती प्रदेश अधिवेशनले ६५ सदस्यीय प्रदेश कार्यसमिति चयन गर्नेछ ।

सभापति पदका लागि चार जना उम्मेदवार चुनावी मैदानमा छन् भने सदस्य पदका लागि ८८ जनाले उम्मेदवारी दिएका छन् ।