मकवानपुर । विद्युत सर्ट भई आगलागी हुँदा मकवानपुरको बकैया गाउँपालिका–३ चिसापानीमा गएराति एक घर जलेर नष्ट भएको छ ।
विद्युत सर्ट भई आगलागी हुँदा स्थानीय कुलबहादुर घिसिङको घर जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार, घटनामा मानवीय तथा पशुचौपाय क्षति नभएको, तर आगलागीबाट धान ३० मुरी (अन्दाजी ७५ रुपैयाँ), मकै १५ क्विन्टल (अन्दाजी ५३ हजार रुपैयाँ), विद्युतीय घट्ट एउटा (४५ हजार रुपैयाँ), फर्निचरको सामान एक लाख रुपैयाँ अन्य लत्ता कपडा, भाडावर्तन, विद्युतको मिटर र घर समेत जली घर पूर्ण रुपमा जलेर नष्ट हुँदा अन्दाजी १२ लाख ८० हजार रुपैयाँ बराबरको क्षति भएको छ ।
आगो गएराति नै प्रहरी चौकी हात्तीसुँडे र इलाका प्रहरी कार्यालय फापरबारी प्रहरी टोली, स्थानीय र बागमती गाउँपालिकाको दमकल, हेटौंडा उपमहानगरपालिकाको दमकलको सहायतामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया