४ श्रावण २०८३, सोमबार

लगातार अवरुद्ध हुँदै आएको संसद् बैठक आज पनि बस्दै

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज पनि बस्दैछ ।

बैठक बिहान ११ बजे बस्न लागेको संघीय संसद् सचिवालयले जनाएको छ ।

बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथि छलफल हुने कार्यसूची छ । तर संसद् बैठक लगातार अवरुद्ध हुँदै आएको छ । संसद्मा प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले बैठक अवरुद्ध गर्दै आएको हो ।

प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र माफी माग्नुपर्ने माग राख्दै विपक्षी दलहरुले निरन्तर संसद अवरोध गर्दै आएका छन् ।

प्रधानमन्त्रीको अभिव्यक्तिको विरोधमा यसअघि हिजो मंगलबारको बैठकमा विपक्षी दलका सांसदहरूले पाँच मिनेट मौनधारणा गरेका थिए ।