३ श्रावण २०८३, आइतबार

सप्तरीमा आगलागीबाट १२ घर जलेर नष्ट, २५ लाख रुपैयाँको क्षति

70
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

सप्तरी । सप्तरीको हनुमाननगर कङ्कालिनी नगरपालिका–५ मा मंगलबार भएको आगलागीबाट १२ वटा घर नष्ट भएका छन् ।

स्थानीय बुचु खङ्गको घरमा अचानक आगो लागेपछि उनीसहित पाँच परिवारका ती घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ ।

आगलागीमा सगन खङ्ग, दुखाई खङ्ग, लखन खङ्ग र नारायण खङ्गको घर जलेको स्थानीय मनोज मेहताले जानकारी दिए ।

आगलागीको कारण खुलेको छैन भने यसबाट करिब २५ लाख रुपैयाँको क्षति भएको उनले बताए ।

स्थानीय तथा प्रहरीले आगो नियन्त्रणमा लिएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।