१ श्रावण २०८३, शुक्रबार

प्रधानमन्त्रीले माफी माग्नुपर्ने विपक्षीको अडान कायमै

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । विपक्षी दलहरूले प्रधानमन्त्री बालेन्द्र शाहले दिएको विवादास्पद अभिव्यक्तिमा माफी माग्नुपर्ने अडान यथावत् राख्ने निर्णय गरेका छन् ।

आज बसेको विपक्षी दलहरूको बैठकले प्रधानमन्त्रीको अभिव्यक्तिलाई ‘राष्ट्रघाती’ ठहर गर्दै संसदको गतिरोध अन्त्यका लागि प्रधानमन्त्रीले माफी माग्नुपर्ने अडान यथावत् राखेका हुन् ।

बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेकपा (एमाले)का मुख्य सचेतक ऐनबहादुर महरले प्रधानमन्त्रीले संसदको रोस्टमबाटै ‘नेपालले पनि भारतको भूमि मिचेको छ’ भन्ने अभिव्यक्ति दिनु राष्ट्रहित विपरीत रहेको बताए।

उनले भने, ‘प्रधानमन्त्रीले संसद्को रोस्ट्रमबाट नेपालले पनि भारतको भूमि धेरै ठाउँमा मिचेको छ भन्ने अभिव्यक्ति दिनुभएको विषयमा समेत विस्तृत छलफल गरियो। उक्त अभिव्यक्ति राष्ट्रहितविपरीत, देशद्रोही प्रकृतिको रहेको तथा यसले सम्पूर्ण नेपालीको शीर निहुराएको र नेपालको सार्वभौमसत्तामाथि गम्भीर प्रहार गरेको निष्कर्ष बैठकले निकालेको छ। त्यसैले प्रधानमन्त्रीले उक्त अभिव्यक्ति तत्काल फिर्ता लिनुपर्छ, देशवासीसँग माफी माग्नुपर्छ र संसद्को अभिलेखबाट समेत हटाइनुपर्छ भन्ने विषयमा हाम्रो अडान यथावत छ। यस विषयमा विपक्षी दलहरू दृढ रहेको निष्कर्ष बैठकले निकालेको छ।’