काठमाडौं । सरकारले पूर्वगृहमन्त्री सुधन गुरुङमाथि गरिएको छानबिन प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको छ।
मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले पूर्वन्यायाधीश अच्युतप्रसाद भण्डारीको प्रतिवेदन स्वीकार गर्ने निर्णय गरेको हो । सरकारले गत वैशाख २८ गते उच्च अदालतका पूर्वन्यायाधीश भण्डारीको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
विवादास्पद व्यापारी दीपक भट्टसँग व्यवसायीक सम्बन्ध रहेको खुलेपछि उनमाथि छानबिन गर्न समिति गठन गरिएको थियो । त्यसपछि उनले राजीनामा दिएका थिए ।
समितिले उनलाई क्लिन चिट दिएसँगै सुधन आज फेरि गृहमन्त्री नियुक्त हुँदैछन् ।








प्रतिक्रिया