१२ असार २०८३, शुक्रबार

जमलमा फुटपाथ क्षति पुर्‍याएको आरोपमा शेर्पा होल्डिङ फूडलाई १ लाख रुपैयाँ जरिवाना

56
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । काठमाडौं महानगर प्रहरी बलले वडा नं. १ जमल क्षेत्रमा फुटपाथ खनेर क्षति पुर्‍याएको आरोपमा जरिवाना तिराएको छ ।

नगर प्रहरीले आज एक सूचना जारी गर्दै शेर्पा होल्डिङ फूड एण्ड बेभरेज प्रालिलाई १ लाख रुपैयाँ जरिवाना गरेको हो ।

महानगर प्रहरीका अनुसार जमलस्थित फुटपाथमा अनुमतिबिना खनेर क्षति पुर्‍याउने कार्य भएको पाइएपछि कम्पनीमाथि कारबाही गरिएको हो ।