३१ असार २०८३, बुधबार

मन्त्रिमण्डल पुनर्गठन : सुदूरपश्चिममा तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् पुनर्गठन गरिएको छ। सोमबार नेपाली कांग्रेसबाट तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथ लिएका हुन् ।

नवनियुक्त मन्त्रीहरूलाई प्रदेश प्रमुख नजिर मियाँले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । बेलबहादुर रानामगर सामाजिक विकास मन्त्री, विक्रमसिंह धामी आर्थिक मामिला मन्त्री तथा मानबहादुर रावल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नियुक्त भएका हुन् ।

त्यस्तै, मधु भारती सामाजिक विकास राज्यमन्त्री तथा जुना दानी आर्थिक मामिला राज्यमन्त्री नियुक्त भएकी छन् ।

दुवै राज्यमन्त्रीलाई मुख्यमन्त्री कमलबहादुर शाहले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् ।