इटहरी । सुनसरीको इनरुवामा मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ ।
सुनसरीको झुम्काबाट इनरुवा जाँदै गरेको प्रदेश १–०२–०४३ प ५८२२ नम्बरको मोटरसाइकल गएराति बेलुका करिब ११ बजे सडक छेउमा रोकिराखिएको को १ख ५१२८ नम्बरको ट्रिपरमा पछाडिबाट ठोक्किँदा एकजनाको मृत्यु भएको हो भने दुईजना घाइते भएका छन् ।
मृत्यु हुनेमा मोटरसाइकल चालक इनरुवा नगरपालिका–८ का २९ वर्षीय विनोद चौधरी रहेका छन् । मोटरसाइकलमा पछाडि सवार इनरुवा–८ का २० वर्षीय आर्यन चौधरी र २८ वर्षीय आशिष चौधरी घाइते भएका छन् ।
प्रहरीले ट्रिपर चालक सुनसरीको कोशी गाउँपालिका–३ का ४८ वर्षीय लालमोहमद मियाँलाई नियन्त्रणमा लिएको छ ।








प्रतिक्रिया