२५ जेष्ठ २०८३, सोमबार

सरकारले गर्ने गलत क्रियाकलापको शिकार देश हुन्छ, परिपक्व व्यवहार गरियोस् : राजेन्द्र लिङदेन

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनले सरकारले परिपक्व व्यवहार देखाउन नसकेको टिप्पणी गरेका छन् ।

आज सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा लिङदेनले सरकारले परिपक्व व्यवहार गर्न नसकेको बताएका हुन् ।

सरकारले गर्ने गलत क्रियाकलापको शिकार सम्पूर्ण देश हुने उनको भनाइ छ । उनले भने, ‘यो सरकारले गर्ने गलत क्रियाकलापको सिकार सम्पूर्ण देश हुन्छ । परिपक्व व्यवहार गरियोस् । चाहे प्रधानमन्त्रीको सीमासम्बन्धी मन्तव्य होस् । चाहे रास्वपाका सभापति भारतमा गएर हामी विगतको भारी बोक्दैनौँ भनेको सवाल होस् । होसियारी अपनाइयोस् ।

विगतको भारी बोक्दैनौँ भनेको विगतमा सबै नराम्रो भएका थिए भन्न खोजेको हो ? भन्दै लिङदेनले थपे, ‘लिम्पियाधुरा कालापानी हाम्रो हो भनेर ऐतिहासिक तथ्य प्रमाणको आधारमा हामीले सर्वसम्मतले संसदबाट पारित गरेर संविधानको अनुसूचीमा राखेको विषय पनि बोक्दिनँ भन्न खोजेको अर्थ लाग्न सक्छ,’ ।