१४ असार २०८३, आइतबार

स्रोत नखुलेको नगदसहित दुई जना पक्राउ

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रहरीले स्रोत नखुलेको नगदसहित दुई जनालाई पक्राउ गरेको छ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनलबाट स्रोत नखुलेको ७ लाख ९५ हजार भारतीय रूपैयाँसहित भारत आन्ध्र प्रदेश प्रकासम घर भएका ५९ वर्षीय भीम श्रीनिवासलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

विमानस्थल सुरक्षा कार्यालयबाट खटिएको प्रहरीले बुद्ध एयरको उडानद्वारा काठमाडौं जान लागेका उनलाई जाँच गर्ने क्रममा उनको झोलाबाट उक्त नगद फेला पारी पक्राउ गरेको हो ।

यसैगरी, गोसाईकुण्ड गाउँपालिका–६ धुन्चे बजारबाट स्रोत नखुलेको नगद १९ लाख ५२ हजार १ सयसहित सोही गाउँपालिका–३ वृद्दिम बस्ने ३६ वर्षीय मिङमार छिरिङ गुरूङलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

अस्थायी प्रहरी पोष्ट धुन्चेबाट खटिएको प्रहरीले स्याफ्रुबेशीबाट काठमाडौंतर्फ जाँदै गरेको ना.१ ज ४८०७ नम्बरको सुमोमा सवार उनलाई उक्त नगदसहित फेला पारी पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।