१५ असार २०८३, सोमबार

रास्वपा जुम्लाको सभापतिमा भण्डारी र सचिवमा खत्री

28
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

मुगु । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जुम्लाको सभापतिमा मक्करबहादुर भण्डारी चयन भएका छन् । प्रथम जिल्ला अधिवेशनबाट सर्वसम्मत रूपमा भण्डारीलाई सभापतिमा चयन गरिएको रास्वपा जुम्लाका नवनिर्वाचित सचिव जगबहादुर खत्रीले जानकारी दिए ।

यसैगरी, उपसभापतिमा सुनिलबहादुर रोकाय, सचिवमा जगबहादुर खत्री, सहसचिवमा दानबहादुर बुढा चयन भएका छन् । समावेशी सदस्यहरूमा पेमा टाँसी लामा तामाङ, शान्ते कामी, भीमबहादुर बुढा र सीता रोकाय चयन भएको सचिव खत्रीले बताए ।

अधिवेशनले निर्वाचन क्षेत्र स्तरीय समिति पनि गठन गरेको छ । निर्वाचन क्षेत्र नंं. १ को उपसंयोजकमा इन्द्रबहादुर बुढा, सचिवमा फुर्वा छिरिङ तामाङ तथा खुला सदस्यमा जनकराज खत्रीलाई चयन गरिएको छ ।

यसैगरी, निर्वाचन क्षेत्र नंं. २ को उपसंयोजकमा कमल आचार्य, सचिवमा मायालाल धिताल तथा खुला सदस्यमा मुक्तिप्रसाद उपाध्याय चयन भएको रास्वपा जुम्लाले जनाएको छ ।

नवनिर्वाचित सभापति भण्डारीले संगठनलाई थप सुदृढ बनाउन एकताबद्ध भई काम गर्ने जानकारी दिए ।