२३ असार २०८३, मंगलबार

प्रतिनिधि सभा बैठक बस्दै, प्रतिपक्षीको अवरोध हट्ला ?

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (सोमबार) बस्दैछ ।

संघीय संसद् सचिवालयका अनुसार बिहान ११ बजेदेखि बैठक सुरु हुनेछ । तर संसद् अवरोधका कारण बैठक निरन्तर स्थगित हुँदै आएको छ ।

संसद् बैठकमै प्रधानमन्त्री बालेन साहले नेपालले पनि भारतको जग्गा मिचेको भन्ने विवादास्पद अभिव्यक्ति दिएपछि विपक्षी दलहरूले प्रतिनिधि सभा र राष्ट्रिय सभा बैठक अवरुद्ध गर्दै आएको हो । प्रधानमन्त्रीको उक्त विवादास्पद अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने र उनले बैठकमा आएर माफी माग्नुपर्ने अडान विपक्षी दलहरूको छ ।

यसैबीच, सदनको अवरोध हटाउन सभामुख डोलप्रसाद अर्यालले बोलाएको प्रमुख सचेतकहरूको बैठक आजै बिहान साढे ९ बजे बस्दैछ ।

आजको संसद् बैठकमा राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल प्रारम्भ हुने कार्यसूची रहेको छ । बैठकमा अर्थ मन्त्री डा. स्वर्णिम वाग्लेले वक्तव्यसहित ‘आ.व. २०८३/०८४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।