३१ जेष्ठ २०८३, आइतबार

सूर्यदर्शन सहकारी ठगी : १७ करोड फिर्ता गर्ने प्रतिबद्धतापछि धरौटीमा छुटे महेन्द्र भोटे

168
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सूर्यदर्शन बचत तथा ऋण सहकारीको रकम अपचलनसम्बन्धी मुद्दामा पक्राउ परेका महेन्द्र भोटे धरौटीमा रिहा भएका छन्। कास्की जिल्ला अदालतले उनीसँग पाँच लाख रुपैयाँ धरौटी माग गर्दै मुद्दाको अन्तिम टुंगो नलागेसम्मका लागि रिहा गर्न आदेश दिएको हो।

अदालत स्रोतका अनुसार भोटेले सहकारीसँग सम्बन्धित करिब १७ करोड रुपैयाँ बराबरको दायित्व स्वीकार गर्दै उक्त रकम भुक्तानी गर्ने प्रतिबद्धता जनाएका थिए। त्यसपछि अदालतले धरौटीमा छाड्ने निर्णय गरेको बताइएको छ।

अनुसन्धानका क्रममा भोटेमाथि सहकारीको ठूलो रकम अनियमित रूपमा प्रयोग गरेको आरोप लागेको थियो। उनी नेकपा एमालेनिकट युवा संगठनसँग आबद्ध नेताका रूपमा समेत चिनिन्छन्।

यसै प्रकरणका मुख्य अभियुक्त मानिएका सूर्यदर्शन सहकारीका तत्कालीन अध्यक्ष जिबी राई भने अझै फरार रहेका छन्।

सूर्यदर्शन सहकारी ठगी प्रकरणमा दायर मुद्दामा पीडित बचतकर्तालाई एक अर्ब रुपैयाँभन्दा बढी रकम फिर्ता गराउन माग गरिएको छ। यो प्रकरण पछिल्ला वर्षहरूमा चर्चित सहकारी अनियमितता प्रकरणमध्ये एक मानिन्छ।