२८ जेष्ठ २०८३, बिहिबार

सुदूरपश्चिम सरकारमा एमालेका मन्त्री हेरफेर गरिँदै, नयाँ चारजनाको नाम पठाइयो

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कैलाली । नेकपा (एमाले) ले सुदूरपश्चिम प्रदेश सरकारमा आफ्नो तर्फबाट मन्त्रीहरूको जिम्मेवारी परिवर्तन गर्ने तयारी गरेको छ।

पार्टी स्रोतका अनुसार हाल सरकारमा रहेका तीन मन्त्री र एक राज्यमन्त्रीलाई फिर्ता बोलाएर नयाँ टोली पठाउने निर्णय अन्तिम चरणमा पुगेको हो ।

एमालेले सन्तोष शर्मा, चक्र मल्ल, दमन भण्डारी र जानकारी ऐर बमलाई सरकारमा पठाउने तयारी गरेको बताइएको छ। उनीहरूको नाम मुख्यमन्त्री कार्यालयमा समेत पुगिसकेको स्रोतको दाबी छ।

नयाँ मन्त्रीहरूको शपथ केही दिनभित्रै हुने सम्भावना रहेको जनाइएको छ। हाल एमालेको कोटाबाट सरकारमा रहेका मन्त्री तथा राज्यमन्त्रीको जिम्मेवारी परिवर्तन हुने तयारी भइरहेको छ।