५ असार २०८३, शुक्रबार

ईश्वरी हत्या प्रकरणमा थप तीनजना पक्राउ

5.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । शनिबार राति तारकेश्वर नगरपालिका-६ पैँयुटारमा भएको ईश्वरी भुजेलको हत्या प्रकरणमा थप तीनजना पक्राउ परेका छन् ।

हत्यामा संलग्न उनकै श्रीमान नेपाली ब्रो भनिने कुमार थापालाई प्रहरीले हिजो नै पक्राउ गरेकामा थप तीनजना पनि पक्राउ परेका हुन् ।

ईश्वरीका माइती पक्षले दिएको जाहेरीका आधारमा नुवाकोट ३ घर भई हाल तारकेश्वर बस्ने ३६ वर्षका विक्रम थापा मागर, बालाजु बस्ने ४० वर्षीया पुजन थापा र जुम्ला घर भई हाल गोकर्णेश्वर बस्ने २५ वर्षीया प्रतीक्षा आचार्य पक्राउ परेका हुन् ।