काठमाडौं । भारत भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनालले भारतीय जनता पार्टी (भाजपा)का विदेश विभाग प्रमुख डा. विजय चौथाईवालेसँग भेटवार्ता गरेको छ ।
उनीहरूबीच आज भेटवार्ता भएको हो ।
भेटमा नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ बनाउने, राजनीतिक दल–स्तरका सम्बन्ध विस्तार गर्ने तथा जनस्तरमा आपसी सम्पर्क र सम्बन्धलाई थप मजबुत बनाउने विषयमा छलफल भएको दिल्लीस्थित नेपाली दूतावासले जनाएको छ ।
हिजो दिल्ली पुगेका परराष्ट्रमन्त्री खनालले भारतका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालबीच भेटवार्ता गरेका थिए ।
उनले भारतीय विदेशमन्त्री एस जयशंकरसँग औपचारिक भेटवार्ता गर्ने कार्यक्रम छ ।








प्रतिक्रिया