३ श्रावण २०८३, आइतबार

अण्डाको मूल्य बढ्यो

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । नेपाल लेयर्स कुखुरापालक संघले आजदेखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको छ ।

संघले आज (शनिबार)देखि लागू हुनेगरी अण्डाको नयाँ मूल्य सार्वजनिक गरेको हो ।

नयाँ मूल्यसूची अनुसार एक्सएल अण्डाको मूल्य प्रतिक्रेट ५६० रुपैयाँ पुगेको छ । यसअघि ४६५ रुपैयाँ रहेको थियो ।

यस्तै, ठूलो अण्डाको प्रतिक्रेट ५४५ रुपैयाँ पुगेको छ । यसअघि ४९० रुपैयाँ रहेको थियो ।

यसैगरी, मध्यम अण्डाको प्रतिक्रेट ५१५ रुपैयाँ भएको छ । सानो अण्डाको प्रतिपेटी तीन हजार रुपैयाँ कायम गरिएको छ । यसअघि २ हजार ३०० रुपैया रहेको थियो ।

यसअनुसार खुद्रा बजारमा अण्डाको मूल्य करिब २५ रुपैयाँ पुगेको छ ।