२५ असार २०८३, बिहिबार

चलचित्र पत्रकार संघ नेपालद्वारा राष्ट्रिय फिचर लेखन प्रतियोगिता घोषणा

14
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । चलचित्र पत्रकार संघ नेपालले नेपाली चलचित्र पत्रकारिताको स्तर अभिवृद्धि तथा सिर्जनात्मक लेखनलाई प्रोत्साहन गर्ने उद्देश्यले ‘चलचित्र पत्रकारिता राष्ट्रिय फिचर लेखन प्रतियोगिता–२०८३’ आयोजना गर्ने भएको छ ।

संघले सार्वजनिक आह्वान जारी गर्दै चलचित्र पत्रकारहरूलाई प्रतियोगितामा सहभागिताका लागि आग्रह गरेको हो ।

प्रतियोगितामा सहभागी हुन इच्छुक पत्रकारहरूले चलचित्र, गीत–संगीत, कला, साहित्य वा रंगमञ्चसँग सम्बन्धित फिचर स्टोरी, आर्टिकल वा फिल्म समीक्षा २०८३ साल असोज २३ गतेभित्र तयार गरी फिल्मजर्नलिस्टनेपालमा इमेल पठाउन सक्नेछन् ।

प्रतियोगिताका लागि पठाइने सामग्री न्यूनतम १,१०० शब्ददेखि अधिकतम १,९०० शब्दसम्मको हुनुपर्नेछ । प्राप्त सामग्रीमध्ये संघद्वारा गठित छनोट समितिले उत्कृष्ट पाँच सामग्री छनोट गर्नेछ ।

प्रतियोगितामा प्रथम हुनेलाई २० हजार रुपैयाँ, द्वितीयलाई १५ हजार रुपैयाँ, तृतीयलाई १० हजार रुपैयाँ तथा दुई जना सान्त्वना विजेतालाई जनही ५ हजार रुपैयाँसहित प्रमाणपत्र प्रदान गरिने संघले जनाएको छ ।

प्रतियोगितामा सहभागी सामग्री मौलिक, अप्रकाशित तथा लेखक स्वयंको सिर्जना हुनुपर्नेछ । संघका सदस्यहरू तथा मौलिक लेखनलाई प्राथमिकता दिइने बताइएको छ ।

संघका महासचिव गोपीकृष्ण चापागाईंले चलचित्र पत्रकारिताको गुणस्तरीय विकास र सिर्जनशील लेखन संस्कृतिलाई सुदृढ बनाउन आयोजित प्रतियोगितामा उत्साहजनक सहभागिताका लागि सम्पूर्ण चलचित्र पत्रकारहरूलाई आग्रह गरेका छन् ।