२९ जेष्ठ २०८३, शुक्रबार

राज्य व्यवस्था समितिको बैठक आज बस्दै, तीन उपसमिति गठनको तयारी

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठक आज बस्दै छ ।

सिंहदरबारस्थित समितिको सभाकक्षमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न उपसमिति गठनदेखि स्थलगत अनुगमनका विषयमा छलफल हुने कार्यसूची रहेको छ ।

बैठकमा अघिल्ला बैठकका निर्णयहरूको कार्यान्वयन प्रगतिसम्बन्धी जानकारी लिइनेछ । साथै, समितिको कार्य सञ्चालनलाई प्रभावकारी बनाउन तीनवटा उपसमिति गठन गर्ने विषयमा पनि छलफल हुने कार्यसूचीमा तय गरिएको छ ।

बैठकले समितिको बैठक सञ्चालन कार्यविधि तयारी उपसमिति, समितिमा परेका विभिन्न उजुरी अध्ययन उपसमिति तथा समितिको कार्यक्षेत्र अन्तर्गतका मन्त्रालय र निकायहरूको कामकारबाही अध्ययन एवं निगरानी उपसमिति गठन गर्ने विषयमा छलफल गर्नेछ ।

त्यस्तै, समितिको कार्यक्षेत्रभित्र पर्ने विभिन्न निकायहरूको स्थलगत अनुगमन गर्ने सम्बन्धमा पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ ।