५ असार २०८३, शुक्रबार

रवि आज स्वदेश फर्किंदै, परराष्ट्रमन्त्री खनाल भारत जाँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं । सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने भारतको पाँचदिने भ्रमण सकेर आज स्वदेश फर्किंदैछन् भने परराष्ट्रमन्त्री शिशिर खनाल आज भारत भ्रमणमा जाँदैछन् ।

खनाल शनिबार भारत जाने तय भएकोमा भ्रमणका तालिका एक दिनअघि सारेर आज (जेठ २२ गते शुक्रबार)देखि जेठ २४ गतेसम्म तय भएको परराष्ट्र मन्त्रालयले जनाएको हो ।

भारतीय विदेशमन्त्री एस जयशंकरको निमन्त्रणामा परराष्ट्रमन्त्री खनालले भारतको औपचारिक भ्रमण गर्न लागेको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार, उनीहरुबीचको भेटवार्तामा दुई पक्षीय व्यापार, लगानी, सम्पर्क, ऊर्जा र जनस्तरको सम्बन्ध लगायतका विषयमा छलफल हुनेछ ।