काठमाडौं । परराष्ट्र मन्त्री शिशिर खनाल भोलि (जेठ २२) गते शुक्रबार भारत जाने भएका छन् ।
खनाल भारतीय विदेश मन्त्री एस जयशंकरको निमन्त्रणमा तीन दिने भ्रमणका लागि नयाँ दिल्ली जान लागेका हुन्।
भ्रमणका क्रममा खनालले भारतीय विदेश मन्त्री जयशंकरसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्। भेटमा व्यापार, लगानी, कनेक्टिभिटी, ऊर्जालगायतका क्षेत्रमा आपसी सहकार्यलाई बढाउनेलगायत दुई पक्षीय हितमा छलफल हुने बताइएको छ ।
खनाल २४ जेठमा स्वदेश फर्कने कार्यक्रम छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भ्रमण लगत्तै हुन लागेको खनालको भ्रमणलाई अर्थपूर्ण रूपमा हेरिएको छ।








प्रतिक्रिया